काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि भारत जाने भएका छन्। पोलिटिकल समिटका लागि जान लागेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। दिल्लीमा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटघाट गर्नेछन्।।

प्रचण्ड दुई दिन भारतमा रहनेछन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाजपा मुख्यालय भ्रमण गर्ने बताइएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवले केही दिनअघि प्रचण्डलाई भाजपा अध्यक्ष नड्डाको निम्तो हस्तान्तरण गरेका थिए। नेपालमा बढ्दो अमेरिकी सक्रियता र चिनियाँ चासोबीच अध्यक्ष प्रचण्डको दिल्ली यात्रा तय हुनुलाई अर्थपूर्ण मानिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here