काठमाडौं।

अर्थमन्त्रालयको सीसीटिभी फुटेज प्रकरणमा पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग संसदीय विशेष छानबिन समितिले बयान लिएको छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा संसदीय विशेष छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मासँग बयान लिएको हो।

करका दर हेरफेरका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरी बजेट निर्माण गरेको विषयमा शर्मासँग बयान लिइएको हो।

बुधबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेरमा संलग्न गराएको भन्ने समाचार लेख्ने पत्रकारसँग समितिले छलफल गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here