काठमाडौं ।

काठमाडौं उपत्यकाको फोहोर आजबाट एक हप्तासम्म नउठाइने भएको छ। काठमाडौं महानगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर ७ दिन बाहिर ननिकाल्न अपील गरेको छ।

महानगरको साउन ४ गते बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पुर्‍याउन यस्तो निर्णय गरेको हो।

सडक अवरोध भएका कारण पूर्ण क्षमतामा ढुवानी हुन नसकेकाले हिजो साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here