काठमाडौं ।
काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा बुधबार अपरान्हदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी आगो नियन्त्रणमा खटिएका छन् ।





