काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन्।

बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो। माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले बिहीबार महासचिवमा देव गुरुङको नाम घोषणाको तयारी गरेका छन्। माओवादीको महासचिवमा नेताहरु जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here