राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक बिहीबार प्रतिनिधिसभाबाट पारित हुने भएको छ।
यसअघि नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस भएको थियो।
राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै विधेयक साउन २९ गते सदनमा फिर्ता भएको थियो।
कार्यसूचीबमोजिम अघि बढे बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक पुनर्विचार गरियोस् भनी प्रस्ताव गर्नेछन्।
विधेयकमाथि कुनै संशोधन नगर्ने सहमति सत्तारूढ पाँच दलबीच भएको छ। दुवै सदनबाट विधेयक पारित भएपछि राष्ट्रपतिसमक्ष पुनः पठाइनेछ।






