काठमाडौं।

वैदेशिक रोजगारीका लागि एक हजार नेपाली शून्य लागतमा मलेसिया जान पाउने भएका छन्। त्यसका लागि मलेसियामा रहेको कम्पनी माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले सम्झौता गरेका हुन्।

माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले आफ्नो कम्पनीमा कामदारलाई शून्य लागतमा लैजानका लागि नेपालको व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरसँग सम्झौता गरेको हो। मलेसियाको माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिले र नेपालमा रहेको व्हाईट हर्ष रिक्रुटमेन्ट प्रालि मेनपावरबीच विहीबार काठमाडौंको रेडिसन होटलमा पत्रकार सम्मेलन गरेर द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौतापत्रमा माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिका तर्फबाट एच आर निर्देशक माईकल लि र व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका तर्फबाट अध्यक्ष सागर गिरि र सिईओ राजन श्रेस्ठले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार माई टेक र एसेम्ब्ली एसडिएन बिएसडिमा जाने नेपाली श्रमिकले व्हाईट हर्ष रिक्रुटमेन्ट मेनपावर कम्पनीमार्फत शून्य लागतमा मलेसिया जान पाउनेछन्।

मलेसियाको यो कम्पनीले पहिलो चरणमा एक हजार श्रमिक लैजाने जनाएको छ। व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरबाट पहिलो चरणमा १००० कामदार मलेसिया जान पाउने र केही समयमै थप १००० कामदार मलेसिया लैजाने कम्पनीका एच आर निर्देशक माईकल लिले पत्रकार सम्मेलनमा जानकारी गराए। छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने लिले बताए।

व्हाईट हर्ष रिक्रुटमेन्ट प्राली मेनपावरका अध्यक्ष सागर गिरीले शून्य लागतमा कामदार पठाउने नमूना मेनपावर बनाउने लक्ष्यसहित कम्पनीले काम गरिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here