काठमाडौँ ।

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदै छ । ७५ वर्षको उमेरमा शनिबार राति ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

त्यसअघि उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा बिहान ९ देखि ११ बजेसम्म र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा साढे ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

नेता गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन ९ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here