आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको चुनावी अभियानका लागि नेपाली कांग्रेसले जिल्ला-जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

७७ जिल्लामा १० भदौदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालनका लागि केन्द्रीय प्रतिनिधि खटाएको हो। १० भदौदेखि २४ सम्म सञ्चालन हुने अभियानका लागि डोल्पा र हुम्लाबाहेक अरु जिल्लामा प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ। केन्द्रीय प्रतिनिधिमा चयन भएकाहरु धेरैजसो केन्द्रीय सदस्य छन्।

केन्द्रीय प्रतिनिधिमा शीर्ष तहका नेताहरुलाई भने समावेश गरिएको छैन। प्रतिनिधिहरुलाई जिल्ला निर्धारण गर्दा सकेसम्म गृह जिल्लाको नजिकको जिल्ला तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here