काठमाडौं।

नेकपा एस पार्टीकी सांसद तथा पुर्व सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बालेनको प्रशंसा गरेकी छिन्।

अवैधानिक रुपमा खडा गरिएका संरचना र पार्किङस्थल अतिक्रमण गरिएका क्षेत्रलाई भत्काउन थालेपछि उनको प्रशंका सहित आलोचना पनि भइरहेको छ।

यसक्रममा पूर्वमन्त्री झाँक्री बालेनको समर्थनमा उत्रिएकी हुन्। उनले अब उपत्यकाका नदी किनारका अतिक्रमण हटाउन पनि बालेनलाई सुझाव दिएकी छन्।

उनले सुकुम्बासीको नाममा अतिक्रमण गरिएका क्षेत्रलाई हटाउनुपर्ने पनि बताएकी छिन्। आफूलाई जस्तो राजनीतिक दबाब बालेनलाई नभएको पनि उनको भनाइ छ।

उनले भनेकी छिन्ः

‘मेरो समर्थन मेयर बालेन जीलाई!

१)यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने।

२)मैले बागमति करीडोरका ४१ वटा अतिक्रमित संरचना हटाएईसकेको थिएँ।

३)निर्वाचन आएकोछ यसले नगरौ भन्ने दवाव आयो र स्थगन गर्न पर्यो।

४)स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरी हटाउन सुरू भएको थियो।

५)मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।

६)सुरुम्वासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ।

७)मलाई जस्तो दलिय दवाव मेयर बालेन जीलाई हुदैन।

८)I am always with you, behind you. keep it up.

९)ईमान्दार प्रयासहरू सफल हुन्छन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here