प्रशान्त महासागरमा प्लाष्टिकको ९० प्रतिशतभन्दा बढी तैरिरहेको फोहोर जम्मा ६ वटा देशबाट जम्मा हुने गरेको एउटा नयाँ अनुसन्धानले देखाएको छ । प्रायः फोहोर जापान र चीनमा अत्यधिक माछा मार्ने पक्रियाबाट जम्मा हुने अध्ययनमा देखाइएको छ विश्लेषण र उचित नमूनापछि महासागर सफाई परियोजना र वासिंगटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले वैज्ञानिक रिपोर्ट जर्नलमा आफ्नो रिपोर्ट प्रकाशित गरेका छन् ।
अध्ययनअनुसार महासागरमा जम्मा तैरिने फोहरमध्ये ३३ दशमलब ६ प्रतिशत जापान, ३२ दशमलब ३ प्रतिशत दक्षिण कोरिया र ९दशमलब ९ प्रतिशत अमेरिकाको रहेको छ । त्यस्तै, ६ दशमलब ५ प्रतिशत ताइवान र ४ दशमलब ७ प्रतिशत फोहरमा क्यानडा जिम्मेवार छन् ।





