काठमाडौं ।
बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन्।
हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेटसँग (क्यान)सँगको कुराकानीमा यस्तो बताएका हुन।
मल्लका अनुसार सन्दीपले कानुनी उपचारका लागि सहयोग गर्न क्यानसँग आग्रह गरेका छन्। क्यानले सन्दीपमाथि तत्काल कुनै अनुसन्धान नगर्ने जनाएको छ।





