काठमाडौं।

पछिल्लो २४ घण्टामा एक सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार सात सय ४३ जनाको नमूना परीक्षण गर्दा एक सय ६३ जनामा संक्रमण देखिएको हो।

पिसीआर परीक्षणबाट एक सय १२ जना र एन्टीजेन परीक्षणबाट ५१ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी, हाल नेपालमा २४ सय २० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १२ जनाले ज्यान गुमाइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here