काठमाडौं ।
गएरातिदेखि परेको अविरल बर्षाको कारण दार्चुलाको सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा ठूलो क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढी र पहिरोमा परि अहिलेसम्म ५ जनाको मृत्यु भएको छ।
मृत भेटिनेमा ७७ वर्षीय नन्दराम बोहरा, ६८ वर्षीय मोहनराज पार्की, ३० वर्षीया जानकी ठगुना, १२ वर्षीया धनौली ठगुन्ना र एक जनाको परिचय खुलेको छैन ।
बाढीले एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको छ । हाल घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।





