काठमाडौं ।

संघीय संसद्का दुबै सदनको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउसो एक बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ।

आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाको बैठक दिउसो तीन बजे बस्दै छ। बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको जानकारी गराउनेछन्।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here