काठमाडौं।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ।
मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ। साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन।





