Home समाचार ‘प्रेमगीत ३’ हिन्दी नभएर नेपाली फिल्म नै होः सञ्चार तथा सूचना प्रविधि...

‘प्रेमगीत ३’ हिन्दी नभएर नेपाली फिल्म नै होः सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

काठमाडौं।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ।

मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ। साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन।

सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भन्ने निर्णय भएको बताएका हुन्।

NO COMMENTS