काठमाडौं ।
सत्तारुढ गठबन्धनबारे भ्रम फैलाइएको भन्दै नेपाल समाजवादी अध्यक्ष डा. बाबुराम भट्टराईले सचेत गराएका छन् ।
बागमती प्रदेशस्तरीय संयुक्त कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले गठबन्धनबारे भ्रम फैलाइएकाले सचेत रहनुपर्ने भन्दै सत्ता स्वार्थका लागि गठबन्धन नबनेको दाबी गरे ।
बहुदलीय व्यवस्थामा दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने भए पनि देशलाई जोगाउन गठबन्धन गर्नुपरेको उनको भनाइ छ ।





