काठमाडौं।
पछिल्लो २४ घन्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार एक सय १७ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रिमत फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म १० लाख पाँच सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ८७ हजार आठ सय ६३ जना सङ्क्रमण मुक्त भएका छन् । आज ३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या छ सय ४१ छ ।
७७ जिल्लामा डेङ्गु, ४३ हजार बिरामी
मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ । गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी भेटिएका छन् । डेङ्गुका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।





