रुपन्देहीमा कारको ठक्करबाट एक शिशुसहित ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
भैरहवाबाट परासी तर्फ जाँदै रेको कारले ओमसतिया ४ पननीमा विहान ठक्कर दिँदा स्था एक शिशु सहित ३ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार मृतकहरु ओमसतिया –४ पननीकै वर्ष १४ की सिमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेको छन।
त्यस्तै शिशुकी आमा २४ वर्षिय बन्दना कुर्मी र सोही ठाए बस्ने २६ वर्षिय मन्जु कुर्मी घाइते भएका छन। घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर पछि फरार भएको गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ।





