काठमाडौं ।

नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारिएको घोषणापत्र आज सार्वजनिक गरेको छ। आज काठमाडौंमा आयोजित एक समारोहमा सो पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो।

एमालेले श्रव्य दृश्यका माध्यमबाट आफ्नो दलले गर्ने काम कारबाहीका बारेमा जानकारी दिएको छ। कुल २० हजार शब्द रहेको घोषणापत्रको एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल अनावरण गर्दै सार्वजनिक गरेका हुन। सो घोषणापत्रमा एमालेले राष्ट्रिय हित स्वाधीनताको रक्षामा जोड दिएको छ ।

राजनीतिक स्थायित्वमा जोड दिएको सो पार्टीले मितव्ययी, पारदर्शी र जनउत्तरुदायी शासन व्यवस्था, राष्ट्रिय पूँजी निर्माण र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो घोषणापत्र केन्द्रित रहेको जनाएको छ।

एमालेले आफ्नो घोषणापत्र कार्यान्वयन हुने २० वटा आधार पनि प्रस्तुत गरेको थियो।

एमालेको चुनावी घोषणा पत्रमा हरेक परिवारलाई नि:शुल्क ५० युनिट बिजुली उपलब्ध गराउनेदेखि आगामी ५ बर्षमा १ सय खर्बको बजेट बनाउने उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here