काठमाडौं ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ३ कम्युनिस्ट पार्टीले चुनाव नाटक मञ्चन मात्र भएको ठहर गर्दै चुनाव खारेजीको संयुक्त कार्यक्रम घोषणा छन्। आईतबार कमलादीस्थित चुनाव खारेजी सम्बन्धि पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै ३ कम्युनिस्ट पार्टीले उक्त कुरा बताएका हुन्।
कार्यक्रममा नेकपाका प्रवक्ता प्रकाण्डले दलाल संसदीय व्यवस्था रहेसम्म नेपालले सुखको श्वास फेर्न नसक्ने बताए। अहिलेको चुनाव जनप्रतिनिधि छान्ने बहानामा पैसाको खोलो बगाएर मत किन्ने खेल भएका कारण जनताको प्रतिनिधिभन्दा दलालहरु चुनिएर आउने भएको करण जनहितको काम भन्दा दलालहरुले आफ्नो स्वार्थ पूरा गर्ने ध्याउन्नमा लागेको कारण दलाल संसदीय व्यवस्थाको चुनावलाई खारेज गर्ने बताए।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले कुनै पनि हालतमा जनवादविरुद्धको संसदीय चुनावलाई वैधानिकता नदिने बताए । उनले अहिले संसदीय व्यवस्था नै कम्युनिस्टहरूको व्यवस्था जस्तो भएर आएको बताए । चुनावले कुनै पनि मुल्यमा जनताको अधिकार र राष्ट्रियता रक्षा गर्न नसक्ने भएकोले चुनाव खारेज गर्नुपर्ने बताए ।
त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ले ४ मंसीरको निर्वाचन नाटक मात्र भएको बताए । पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै चुनावी नाटकलाई खारेज गरेरै छोड्ने बताए । राज्यले आफ्नो कालो कर्तुतलाई छोप्न र श्वास भर्नको लागि यस्ता चुनावहरुको नाटक गर्ने गरेको बताए । ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीले सशक्त चुनाव खारेजीको कार्यक्रम पनि सार्वजानिक गरेका छन् ।
घोषित संयुक्त कार्यक्रमसहित पूर्ण प्रेस विज्ञप्ति






