हिजो साँझ र गएराति आधा दर्जनभन्दा बढी पटक भूकम्प गएपछि सुदूरपश्चिममा थप सतर्कता अपनाउन स्थानीयलाई भूकम्पविदहरुले सल्लाह दिएका छन्।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ बिज्ञ लोकविजय अधिकारीले सो क्षेत्रमा आगामी केही दिन सतर्क हुनुपर्ने बताए।
आज बिहान मात्रै डोटीमा ६.६ म्याग्निच्यूडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ भने केहि गम्भरि घाइते भएका छन्।
ठूलो भूकम्प जानुअघि हिजो साँझदेखि उक्त क्षेत्रमा साना परकम्प गएको बताइएको छ।
हिजो साँझदेखि रातिसम्मको पाँच घण्टामा सात पटक पराकम्प गएको थियो।
सो क्षेत्रमा हिजो राति ९ बजेर ७ मीनेटमा ५.७ म्याग्निच्यूडको भूकम्प गएको थियो।





