धनगढी- बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या आशंकामा श्रीमान-श्रीमती पक्राउ परेका छन्।

प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट उनकाे मृत्यु नभएर हत्या भएकाे खुलेको छ। बैतडीकाे सुर्नया गाउँपालिकाको ग्वानी घर भइ पाटनमा रहेकाे कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको आशंकाका आधारमा दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरा रहेका छन्। दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय, बैतडीले पत्रकार सम्मेलनमार्फत् आज नै उनीहरूलाई सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रहरीका अनुसार शिक्षक विष्ट पनि सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए। छात्रावासको माथिल्लो तलामा शिक्षक विष्ट र तल्लो तलामा अन्य बस्दै आएका थिए। राति विवाद पछि हत्या भएकाे प्रारम्भिक अनुसन्धानमा खुलेकाे छ।

विष्ट पुस २ गते छात्रावासकाे पछाडिपट्टि मृत भेटिएका थिए। त्यसयता उनकाे हत्या गरिएकाे भन्दै बैतडीमा लगातार बिद्यालय बन्दसँगै यातायात बन्द गरिएकाे छ। आज पनि बैतडीकाे पाटन क्षेत्रका विद्यालय बन्द रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here