काठमाडौं ।

अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ निर्धारित मिति फागुन १९ गते नै रिलिज हुने भएको छ । निर्माताले शनिबार नयाँ पोस्टर सार्वजनिक गर्दै आफू पछि नहट्ने सन्देश दिन चाहेका छन् ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले उक्त मितिमा ‘छक्कापञ्जा ४’लाई मात्र रिलिज गर्ने योजना बनाइरहेको पृष्ठभूमिमा ‘छड्के २’ले पोस्टर रिलिज गरेको हो । पोस्टरमा अनमोलसहितका सात जना कलाकार फिचर्ड छन् । यार्सागुम्बा लगायतका बहुमूल्य जडिबुटी तस्करी र बदलाको कथावस्तुमा निर्माण भएको फिल्ममा अनमोलसहित रविन तामाङको प्रमुख भूमिका छ ।

निगम श्रेष्ठको निर्देशनमा तयार भएको फिल्ममा अनमोलको अपोजिटमा रेशा आलेमगरले अभिनय गरेकी छन् । चितवन र मनाङमा छायांकन भएको फिल्म सन् २०१३ को ‘छड्के’को दोस्रो श्रृंखला हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here