काठमाडौं ।

नाबालिग बलात्कारको आरोपमा कारागारमा रहेका सन्दीप लामिछानेको मुद्धामा आज फैसला हुँदै छ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले आज सन्दीपको मुद्धामा सुनुवाई गर्न लागेको हो।।

यसअघि सुनुवाइ गर्ने मिति तोकेर पटकपटक सारिएको थियो। एकपटक हेर्न भ्याइएन भने बाँकी पेसीमा सन्दीप पक्षले नै स्थगन गर्न निवेदन दिएको थियो।

सन्दीपले भदौ ६ गते जबरजस्तीकरणी गरेको भन्दै किशोरीले जाहेरी दिएपछि सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here