काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुने भएका छन् । धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा उनी हिजो रिहा हुन सकेका थिएनन् ।
लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामै राख्ने आदेश दिएको थियो । तर काठमाडौं जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।





