काठमाडौं ।
काठमाडौमा आयोजित फेसन रनवेमा बलिउड सेलिव्रिटी तथा फेसन आइकन मलाइका अरोरादेखि नेपाली अभिनेत्रीसम्मले सौन्दर्यको जादू छरेका छन् । होटल याक एण्ड यतिमा आयोजित जेम एण्ड ज्वेलरी फेसन रनवेमा मोडलहरुले गहना र फेसन डिजाइनलाई प्रस्तुत गरे ।
मलाइका उक्त फेसन रनवेमा प्रमुख शो स्टपरको रुपमा प्रस्तुत भएकी थिइन् । नेपाली डिजाइनरका आकर्षक लेहेंगा र हीराको हार, औंठी, ब्रासलेटमा मलाइका आकर्षक देखिएकी थिइन् । रनवेमा मलाइका प्रस्तुत हुँदा रनवेको माहोल चम्किएको थियो । मलाइकालाई रनवेमा नेपाली अभिनेत्रीहरु स्वस्तिमा खड्का, उपासनासिंह ठकुरी, मलिका महत, पूर्वमिस नेपालहरु अनुष्का श्रेष्ठ र इभाना मानन्धरले साथ दिएका थिए ।





