काठमाडाैँ-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएकाे प्रचण्डकाे सचिवालयले जनाएकाे छ।

सभामुखमा निर्वाचित भएपछि घिमिरेले पहिलोपटक प्रधानमन्त्रीलाई भेटेका हुन्। नेकपा एमालेका सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित भएका थिए।

उनलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी,  राष्ट्रिय प्रजातन्त्र पार्टी,  जनता समाजवादी पार्टी,  जनमत पार्टीलगायत राजनीतिक दलले समर्थन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here