काठमाडौँ –

सुपर मादी हाइड्रोपावरले सोमबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपीओ आज माघ ९ गतेदेखि जारी गरेको हो। कम्पनीका अनुसार जारी गरेकाेमध्ये १०% अर्थात् २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ।

यस्तै, ५% अर्थात् १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो।

यसमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा माघ २३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ। यसलाई इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here