काठमाडौं ।
भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरेको छ । वित्त वर्ष २०२३/२४ का लागि वित्त मन्त्री निर्मला सीतारमणले युनियन बजेट बुधबार प्रस्तुत गरकी छिन् । जसमा भारतको विदेश मन्त्रालयमार्फत नेपालसहित छिमेकी मुलुकहरुलाई दिने अनुदान सहायता बजेट विनियोजन गर्ने गरिन्छ ।
तथ्यांक अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ । यो गत वर्षको विनियोजित बजेट भन्दा कम हो । गत आवमा भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन भएको थियो । वित्त वर्ष २०२१/२२ मा ४ अर्ब ४६ करोड भारु विनियोजन भएको थियो ।





