काठमाडौं ।
संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे मन्त्रीहरुले बोलेको विषयलाई लिएर संसदमा सत्तारुढ गठबन्धनकै दलहरुबीच जुहारी चलेको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । तर राप्रपाका सांसदले त्यसको प्रतिवाद गरेका छन् ।
धर्मको नाममा राजीनीति गर्दा हिन्दुस्तान, पाकिस्तान र बंगलादेश कुनै पनि देश शान्त नभएको भन्दै उनले संविधानले मार्गनिर्देश गरेको विषयबाट विचलित हुन नहुने बताए ।
माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले संसद र सडकमा बहस हुनसक्ने, तर क्यबिनेटमा बसेर संविधानको मूल्य भन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य नहुने बताए । उनले अघि भनेका छन्, ‘यस्ता गल्ती आगामी दिन नहुन् ।’
सत्तारुढ दल राप्रपाका सांसद धवलशम्शेर जबराले त्यसको प्रतिवाद गरेका छन् । आफूहरु नेपालमा सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्न आएको भन्दै उनले भने, ‘यो संविधानले रोक्दैन । हामीले बोल्न पाउनुपर्छ, बोल्छौं ।’
यसको अर्थ आफूहरुले संविधान र व्यवस्थालाई नमान्ने नभएको उनले बताए ।





