काठमाडौं ।
चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गरेपछि महाराजगञ्जस्थित शिक्षण अस्पतालको सेवा पनि प्रभावित भएको छ । शिक्षण अस्पतालको ओपीडी सेवा बन्द छ ।अस्पतालमा बिरामीहरू मर्कामा परेका छन् ।
अस्पतालका काउन्टरहरू सुनसान छन् । स्वास्थ्यकर्मीहरू अस्पताल परिसरमा घाम तापिरहेका छन् भने बिरामीहरू उपचारबिना छटपटाइरहेका छन् ।
आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत् समस्या समाधानको प्रयास भइरहेको छ ।





