काठमाडौं ।

ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड हान्नेलाई जिल्ला अदालत, काठमाडौंले जेल सजाय सुनाएको छ ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले योजनाकार मोहम्मद आलमलाई ७ वर्ष कैद साढे २ जरिवाना तोकेको हो । साथै पीडितले पाउने गरी १० लाख रुपैयाँ क्षतिपूर्ति राज्यकोषमा जम्मा गर्नुपर्नेछ ।

यस्तै एसिड छ्याप्ने फैयाद अन्सारीलाई ७ वर्ष कैद साढे २ जरिवाना तोकिएको छ । पीडितले पाउने गरी ५ लाख रुपैयाँ क्षतिपूर्ति राज्यकोषमा जम्मा गर्नुपर्नेछ ।

यो फैसलाले पीडितले न्याय पाएको महसुस भएको पीडितको पक्षमा मुद्दा लडेकी अभिवक्ता राधिका खतिवडा बताउँछिन् । भन्छिन्, ‘पीडकलाई अधिकतम सजाय भएको छ । जरिवाना र क्षतिपूर्ति दुबै गरी पीडितले करिव ३० लाख पाउने छिन् ।’

कार्कीमाथि ३१ साउन २०७७ मा काठमाडौंको सीतापाइलामा एसिड प्रहार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here