१८ फागुन, काठमाडौं ।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले ठेकेदारको उपेक्षाको कारण कमलविनायक-नगरकोट सडक मर्मत अलपत्र परेको भन्दै अब सरकारले नसहने बताएका छन् ।

आज सडक अनुगमन गर्न गएका श्रेष्ठले स्थानीयसँग कुरा गर्दै भने, ‘अरु कारणले होइन, ठेकेदारको उपेक्षाले हो, अब हामी सहँदैनौं ।’

जनताले गरेको गुनासो जायज भएको भन्दै उनले अब काम गरेर देखाउने बताए । ‘चिन्ता र चासो व्यक्त गर्ने ठाउँछ, त्यसकारण जनतालाई हामीले सम्मान गर्नुपर्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तर यो काम चाहिँ हुनुपर्छ । काम हुन्छ ।’

कमलविनायक-नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पटक-पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा यो रुग्ण आयोजनामा परेको छ । निर्माणको ढिलासुस्तीबाट जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here