१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गराएका कारण राष्ट्रपति संस्था विवादमा परेको र यसमा दलहरूको पनि दोष रहेको बताएका छन् ।

बागमती प्रदेशका सांसदहरुका लागि काठमाडौंमा भएको अभिमुखीकरण कार्यक्रमलाई संबोधन गर्दै थापाले राष्ट्रपतिले हिँड्दा पनि हिजोको राजाजस्तो हिँडेको मिल्यो कि मिलेन, दर्शन गरेको मिल्यो कि मिलेन भनेर राजाको भद्दा नक्कल गरिएको बताए ।

‘अहिले राष्ट्रपति घरबाट निस्किनुभयो भने नागरिकको भागाभाग हुन्छ, त्राहीमाम हुन्छ, राष्ट्रपतिलाई मात्र दोष दिएर मात्र हुन्न यो, हाम्रो पनि कमजोरी छ’, उनले भने, ‘हामीले सवारी चल्ने राष्ट्रपति खोजेको होइन, भूजा ज्युनार गर्ने राष्ट्रपति खोजेको होइन, हामीले त जनताको राष्ट्रपति खोजेको हो, त्यो महसुस गराउने हो नि ।’

अब आउने राष्ट्रपतिले हिजोको दिनबाट सिकेर नयाँ ढंगले चलेर जनताको राष्ट्रपति बन्नु पर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here