बैतडी : जिल्लाको पाटन नगरपालिकाले शहीद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको छ। विभिन्न राजनीतिक परिवर्तनका क्रममा शहीद तथा बेपत्ता व्यक्तिका परिवारका सदस्यलाई सम्मान गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय बैतडी र बेपत्ता छानबिन आयोगबाट प्राप्त नामावलीका आधारमा सम्मान गरिएको हो। बेपत्ता छानबिन आयोग र जिल्ला प्रशासन कार्यालय बैतडीबाट प्राप्त नामावली आएका १५ शहीद तथा बेपत्ता पारिएका परिवारका सदस्यहरूलाई दोसल्ला प्रमाणपत्र र नगद ५ हजारसहित सम्मान गरिएको रावलको भनाइ छ।
यस्तै उनीहरूलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ। सम्मान कार्यक्रममा निवर्तमान प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य), नगरप्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा‚ वडाध्यक्षलगायत सहभागी थिए।
नगरपालिकाले शहीद तथा बेपत्ता व्यक्तिहरूका परिवारलाई सम्मान गर्ने कार्यक्रम चालू आर्थिक वर्षको नगरसभामा स्वीकृत गरेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here