राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ । दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले उनको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।





