काठमाडौं : काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा अनाधिकृत रुपमा बनेका संरचनाहरूलाई भत्काएको छ। मंगलबार महानगरले त्यस क्षेत्रमा बनेका अस्थायी प्रहरी विट पनि हटाएको छ।

महानगरपालिकाले सडक पेटीमा रहेको प्रहरी बिट हटाउने योजनाअनुसार काम अघि बढाएको हो। पुरानो बसपार्क क्षेत्रमा रहेको बिटले सडक र पेटीमा असर गरेकाले समस्या परेको भन्दै प्रहरी बिट हटाएको महानगरपालिकाले जनाएको छ । यसअघि महानगरले उपत्यकामा बनेका अनाधिकृत संरचनालाई हटाउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here