काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष असार ९ गते वार्षिकोत्सव मनाउने गरेको छ । वार्षिकोत्सवसँगै अभिन्न अंगको रूपमा जोडिएको छ, राष्ट्रिय कविता महोत्सव । यसै क्रममा आगामी असार ९ गते आफ्नो ६६औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सवका लागि कविता पठाउन प्रतिष्ठानले वैशाख १४ गते सार्वजनिक सूचना जारी गर्यो ।
उत्कृष्ट १० लाई वाचनको लागि छनौट गर्ने तथा ती १० कविलाई जनही १५ हजार रुपैयाँ दिइने सूचनामा उल्लेख छ । सूचना प्रकाशित भएपछि यसबारे सामाजिक सञ्जालमा धेरै नै तर्क वितर्क आएको छ ।





