नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपालाई सरकारमा ल्याउँदा के हुन्छ भनेर आफूसँग राय लिएको र रास्वपालाई ल्याउँदा राम्रो हुने आफूले बताएको अध्यक्ष नेपालको भनाइ छ।

‘रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ। पहिले पनि सरकारमा ल्याउनेबारे सहमति भइसकेको थियो,’ कैलालीमा बिहीबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘मन्त्रालय कसलाई कति दिने भन्नेबारे पनि उपचुनावअघि नै टुंगो भइसकेको थियो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here