जनकपुरधाम : नेकपा एसका नेता तथा मधेश प्रदेशका सांसद रत्नेश्वर लाल गोइतले एमालेबाट आफूहरू विभाजन नभई विद्रोह गरेर निस्केको बताएका छन्। एकीकृत सरकारी कर्मचारी संगठन नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै नेता गोइतले विद्रोह एकजनाले मात्र पनि गर्न सक्ने र त्यसको पनि अर्थ हुने बताउँदै नेकपा एसले धेरै कुरा प्रमाणित गरिदिएकाले अझै घमण्ड नगर्न एमालेका नेताहरुलाई आग्रह गरे।

प्रदेशसभा सदस्य गोइतले जीवन भरिको पसिना, मेहनत, जवानी र सम्पूर्ण जीवननै संर्घष गरेको पार्टी कसैले विभाजन गर्न नचाहने बताउँदै आफूहरू विद्रोह गरेको ठोकुवा गरे। सो अवसरमा उपस्थित संगठनका नेतृत्वकर्ता अगुवाहरूले नेकपा एस सिद्धान्त र उद्देश्यबाट विचलित हुन नहुने भन्दै कर्मचारीहरू अठोटका साथ अघि बढ्न आवश्यक रहेको नेता गोइतले बताए।

उनीहरूले हामी सरकारी कर्मचारीहरूलाई जनताले कसरी हेरेको छ भन्ने कुराको हेक्का राखेर काम गर्न आगवश्यक रहेको पनि बताए। अधिवेशनबाट संगठनको मधेश प्रदेश स्तरीय नयाँ कार्यसमिति चयनसमेत गरेका छन्। अध्यक्षमा तुलाकृष्ण गोइतलगायत २९ जनाको कार्यसमिति चयन गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here