८ जेठ, काठमाडौं । जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ क्यानले २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

रोहितकुमार पौडेले कप्तान रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करन केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी तथा अर्जुन साउद छन् ।

यस्तै सन्दीप जोरा, देव खनाल, किशोरी महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, मौसम ढकाल र अविनाश बोहरा पनि प्रारम्भिक टोलीमा परेका छन् ।

भारतमा हुने वान डे विश्वकप क्रिकेटको लागि १० टोली सम्मिलित छनोट प्रतियोगिता आगामी जुन(जुलाईमा जिम्बावेमा हुँदैछ । जसमा टेष्ट मान्यताप्राप्त चार राष्ट्र र एसोसिएट ६ टिमले खेल्नेछन् ।

जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने छनोट प्रतियोगितामा घरेलु टोलीसहित वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, अमेरिका र युएईले प्रतिस्पर्धा गर्नेछन् ।

सहभागी १० टोलीलाई दुई समूहमा विधाजन गरिनेछ र लिग चरणको खेलपछि दुवै समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here