पशुपतिनाथमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाइएको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।

शुक्रबार संसद बैठक शुरु हुनासाथ एमाले सांसदहरुले उभिएर बैठक अवरोध गरेका थिए। एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख प्रतिपक्षी दलका अध्यक्षमाथि लागेको आरोपबारे प्रष्ट निर्णय नभएसम्म बैठक चल्न नदिने अडान लिए।

यसपछि सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएकाले बैठक प्रक्रियामा लैजान सहयोग मागे। तर एमाले सांसदहरुले आधारहीन आरोप लगाउने सांसदमाथि कार्बाही र संसदीय रेकर्डबाट नहटाएसम्म अवरोध कायमै राख्ने बताए।

उपनेता सुवास नेम्वाङले आधारहीन र गैरजिम्मेवार टिप्पणी नसच्याएसम्म बैठक चल्न नदिने थप जानकारी दिए। ‘सदन रोक्ने हामीलाई रहर छैन । हामी प्रष्ट छौं, हाम्रो प्रयास त्यही नै हो’ नेम्वाङले भने, ‘यति गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी भाग लिन सक्छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here