१ असार, काठमाडौं । भक्तपुरमा प्रहरीले साढे ४ किलो गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको मंगलटार घर भइ भक्तपुरको मंगलाछे बस्ने २३ वर्षका अभी तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

पाठकका अनुसार बिहीबार राति मंगलाछेमा प्रहरी प्रभाग दरवारस्क्वारबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा तामाङलाई सोधपुछ तथा चेक गर्दा ४ किलो ५२० ग्राम फेला परेको हो ।

उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here