काठमाडौं : झापाको शिवसताक्षी नगरपालिकामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आज बिहान पौने ७ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र–१–०२–००१ क ३८७९ नम्बरको ट्रक र विपरित दिशा बाट आइरहेको प्र–१–०१–००च ७४८२ नंम्बरको को कार एक आपसमा खाई दुर्घटना हुँदा कारमा सवार दुई जनाको मृत्यु भएको हाे। दुर्घटनामा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १८ वर्षीया कुमकुम चौधरी छन्। उनीहरु बाबुछोरी हुन्। दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो।

उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। दुर्घटनामा पाँच जना घाइते छन्। घाइते हुनेमा मृतक चौधरीका छोरा १० वर्षीय विकेश चौधरी, ४० वर्षीया सुजिता चौधरी, ३६ वर्षीया रन्जु चौधरी, १९ वर्षीय रिकेश न्यौपाने र ४० वर्षीया मुना शाहको बिएन्डसी अस्पतालमा उपचार भइरहेको रिजालको भनाइ छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here