काठमाडौं : ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सञ्चालक गुरुङलाई नक्सालबाट पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोप लागेका गुरुङलाई सोधपुछका लागि मंगलबार बिहान सिआईबीकोे टोलीले नक्सालस्थित निवासबाट पक्राउ गरेको हो। ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा गुरुङ प्रहरीको फरार सूचीमा थिए।





