२० असार, काठमाडौं। गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्।

हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो ।

बस्नेत ८ वर्षअघि सहसचिव बनेका थिए । उनले प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here