काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली जाने भएका छन्। आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री दाहालको इटाली भ्रमण स्वीकृत गरेको हो।

युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन प्रधानमन्त्री दाहाल साउन ७ इटाली जान लागको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उनी इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको शर्माको भनाइ छ। उक्त भ्रमण कृषिमन्त्री वेदुराम भुसालसहितसहित २० सदस्य रहनेछन्।

यस्तै आजको मन्त्रिपरिषद बैठकले सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रको सञ्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गरेको छ। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सरकारले उनलाई सदस्यमा नियुक्त गरेको हो। यस्तै सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here