विराटनगर : नेपाली कांग्रेसका जेष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त भएका छन्। मण्डल कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका मण्डललाई पद तथा गोपनियताको सपथ आजै गराएका छन्। यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन्। जसमा काँग्रेसबाट प्रदीपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एसबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here